Market Closed

एनएमबि ५० ले सेयरमा लगानी बढायो

25 Oct,2020
  • mutual-funds-15_8_31_2018_8_43_26.jpg
नेपाली पैसा

काठमाडौं : एनएमबि ५० को असोज मसान्तसम्म आइपुग्दा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) १० रुपैयाँ ९८ पैसा कायम भएको छ । यो भदौ महिनाको भन्दा ४५ पैसाले कम हो । फन्डले गत वर्षको नाफाबाट इकाइधनीलाई दिएको ५% नगद लाभांशपछि मूल्य समायोजन गर्दा न्याभ घटेको जनाएको छ । भदौमा यसको न्याभ ११ रुपैयाँ ४१ पैसा रहेको थियो । यसको सूचीकृत कम्पनीको सेयरमा लगानी ९९ करोड ३२ लाख ६४ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो महिनाको भन्दा १२ करोड ८ लाख ८८ हजार रुपैयाँ बढी हो । 

भदौमा यस फन्डको सूचीकृत कम्पनीको सेयरमा ८७ करोड २३ लाख ७६ हजार रुपैयाँ लगानी रहेको थियो । यता, भदौ २६ करोड ५३ हजार रुपैयाँ रहेको बैंक मौज्दात असोजमा ७९ करोड ७४ लाख ६७ हजार रुपैयाँमा आएको छ । यस अवधिमा यो फन्डले ४८ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्सको सेयरमा लगानी रहेको छ । यस कम्पनीको २८ हजार ११३ कित्ता सेयरमा ३ करोड ८६ लाख २७ हजार रुपैयाँ लगानी गरिएको हो ।  
 

Post Your Comment