Market Closed

एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि ५० को प्रतिफल घोषणा

21 Sep,2020
  • Dividend_2_2_9_21_2020_10_53_27.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि क्याटिलको व्यवस्थापनमा सञ्चालित २ वटा म्युचुअल फन्डले लाभांश घोषणा गरेका छन् । जसमा एनएमबि हाइब्रिड फन्ड एल–१ ले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ८% नगद लाभांश (कर सहित) वितरण गर्ने भएको छ । यस्तै, एनएमबि ५० बाट पनि लगानीकर्ताले करसहित ५% का दरले प्रतिफल पाउने भएका छन् ।

नगद लाभांश वितरण प्रयोजनका लागि दुवै फन्डले असोज १६ गते बुक क्लोज गर्ने भएका छन् । यसर्थ, असोज १५ गतेसम्म कायम सेयरधनीले फन्डले वितरण गर्ने नगद लाभांश हात पार्न सक्नेछन् । योजना व्यवस्थापक एनएमबि क्यापिटलको आइतबार बसेको सञ्चालक समिति बैठकले दुवै फन्डका इकाईधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।
 
 

Post Your Comment