Market Closed

एनएमबि हाइब्रिड फन्डको सेयरमा ४३ करोड ५५ लाख लगानी, न्याभ पनि बढ्यो

28 Jan,2020
  • mutualfund-_1_28_2020_12_32_11.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनएमबि हाइब्रिड फन्ड एल–१ को पुसमा प्रतिइकाई मूल्य (न्याभ) १० रुपैयाँ ६० पैसा कायम भएको छ । न्याभ मंसिर महनिाको भन्दा ४९ पैसा धेरै हो । मंसिरमा यसको न्याभ १० रुपैयाँ ११ पैसा रहेको थियो । अघिल्लो महिनाको तुलनामा यस फन्डले सूचीकृत सेयरमा लगानी पनि ३ करोड ४३ लाख ७२ हजार रुपैयाँले बढाएर ४३ करोड ५५ लाख रुपैयाँ पुर्याएको छ ।

मंसिरमा यसले सूचीकृत सेयरमा ४० करोड ११ लाख रुपैयाँ लगानी गरेको थियो । यता, फन्डको बैंक मौज्दात भने १९ करोड ५ लाख ९ हजार रुपैयाँबाट घटेर १८ करोड ६४ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ । पुससम्म यो फन्डले ५१ वटा कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा बढी लगानी नेपाल दूरसञ्चार कम्पनीमा रहेको छ । दूरसञ्चारको ५७ हजार २८० कित्ता सेयरमा ३ करोड ६९ लाख ४५ हजार ६०० रुपैयाँ लगानी भएको हो । 
 

Post Your Comment