Market Closed

डेढ दर्जन लघुवित्तको रिपोर्ट सार्वजनिक, कसको अवस्था कस्तो ?

03 Nov,2019
  • MICROFINANCE_img_11_3_2019_6_55_48.png
नेपाली पैसा
 
काठमाडौं : बैंक तथा वित्तीय संस्थामा चालु आर्थिक वर्ष २०७६–७७ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने चटारो सुरु भएको छ । यसैबीच, नेप्सेमा सूचीकृत १८ लघुवित्त कम्पनीहरुले असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार लघुवित्त कम्पनीहरुको अधिकांश सूचकमा आकर्षक सुधार गरेका छन् ।
 
१६ कम्पनीको चुक्ता पुँजी बढ्यो, सबैभन्दा धेरै बढाउनेमा ग्लोबल आइएमई
 
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीहरुमध्ये १६ कम्पनीको चुक्ता पुँजी बढेको छ । आरएमडीसी र सूर्योदय लघुवित्तको पुँजी भने यथावत रहेको छ । यस अवधिसम्म आइपुग्दा सबैभन्दा धेरै चुक्ता पुँजी बढाउनेमा ग्लोबल आइएमई लघुवित्त रहेको छ । 

 
ग्लोबलको चुक्ता पुँजी गत वर्षको भन्दा १२९.८८% ले बढेर २५ करोड ३९ लाख १८ हजार रुपैयाँ पुगेको छ । यता, सबैभन्दा धेरै चुक्ता पुँजी फस्र्ट माईक्रोफाइनान्सको ८० करोड ४ लाख ४१ हजार रुपैयाँ छ । 
 
१७ कम्पनीको जगेडा कोष बढ्यो
 
असोज मसान्तसम्म आइपुग्दा वित्तीय विवरण सार्वजनिक गर्ने १८ कम्पनी मध्ये १७ कम्पनीको जगेडा कोष बढेको छ । यसअवधिमा लक्ष्मी लघुवित्तको जगेडा कोष भने घटेको छ । लक्ष्मीको जगेडा कोष ६.४५% ले घटेर २१ करोड ३ लाख १२ हजार रुपैयाँमा आएको छ । 

 
यता, आशा लघुवित्तले सबैभन्दा धेरै १५८४.९३% ले जगेडा कोष बढाएको छ । यसको जगेडा कोषमा ४ करोड ६४ लाख ३ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा सबैभन्दा धेरै जगेडा कोष आरएमडीसी लघुवित्तको १ अर्ब ६८ करोड ७५ लाख २ हजार रुपैयाँ रहेको छ । 
 
१८ वटै लघुवित्तको नाफा बढ्यो, धेरै बढाउनेमा एनएमबि 
 
वित्तीय विवरण सार्वजनिक गर्ने १८ वटै लघुवित्त कम्पनीको नाफा बढेको छ । यसअवधिमा सबैभन्दा धेरै नाफा बढाउनेमा एनएमबि लघुवित्त रहेको छ । एनएमबिको नाफा १४०३.०४% ले बढेर १ करोड ५२ लाख ८६ हजार रुपैयाँ पुगेको छ ।



यता, आरएसडीसी लघुवित्तले सबैभन्दा धेरै नाफा कमाएको छ । यसले ७ करोड ३५ लाख ७ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ३.५७% ले बढी हो । 
 
८ लघुवित्तको प्रतिसेयर आम्दानी बढ्यो
 
पहिलो त्रैमाससम्म आइपुग्दा ८ लघुवित्त कम्पनीले प्रतिसेयर आम्दानी बढाएका छन् । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी मिर्मिरे लघुवित्तले बढाएको छ । यसको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ९६ पैसाले बढेर ६६ रुपैयाँ ३७ पैसा पुगेको छ ।



यो नै अहिलेसम्म रिपोर्ट सार्वजनिक गर्ने मध्ये सबैभन्दा बढी प्रतिसेयर आम्दानी भएको कम्पनी हो । प्रतिसेयर आम्दानी घट्नेमा ४ कम्पनीहरु रहेका छन् । ५ कम्पनीले यसै वर्ष आइपीओ जारी गरेकाले गत वर्षको प्रतिसेयर आम्दानी वित्तीय विवरणमा समावेश छैन । 
 
 
 
 
 
 
 
 
 
 
 
 

Post Your Comment