Market Closed

सारथी र नयाँ नेपाल लघुवित्तको सुरु भयो एकीकृत कारोबार

21 Sep,2020
  • merger_new_9_21_2020_11_29_05.jpg
नेपाली पैसा
 
काठमाडौं : सारथी र नयाँ नेपाल लघुवित्त एक आपसमा मर्ज भएर आज सोमबार (असोज ५ गते) बाट एकीकृत कारोबार सुरु गरेका छन् । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले भदौ ५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले भदौ २२ गते अन्तिम स्वीकृति दिएका थिए । दुवै एक भएपछि अब सारथी नेपाल लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु भएको छ । केन्द्रीय कार्यालय धुलिखेलमा रहनेछ । दुवै कम्पनीको असार ८ गते सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

दुवै कम्पनी १ः१ अनुपातमा मर्ज भएका हुन् । सारथी लघुवित्त नेप्सेमा सूचीकृत नभएको संस्था हो भने नयाँ नेपाल लघुवित्त १० जिल्ला कार्यक्षेत्र भएको नेप्सेमा सूचीकृत लघुवित्तको हो । राष्ट्र बैंकको मर्जर नीतिका कारण पछिल्लो समय लघुवित्त कम्पनीहरुमा गाभ्ने तथा गाभिने प्रकृया तीब्र देखिएको छ । दुवै कम्पनी एक आपसमा मर्ज हुने भएपछि गत माघ २१ गतेदेखि नयाँ नेपाल लघुवित्तको सेयर कारोबार रोक्का भएको थियो ।
 
 
 

Post Your Comment