Market Closed

रेमिट्यान्स आप्रवाह १०.९% ले बढ्यो, श्रम स्वीकृति लिनेको संख्या भने घट्यो

13 Jan,2021
  • NRB__9_18_2020_11_43_09.jpg
नेपाली पैसा

काठमाडौं : चालु आर्थिक वर्षको ५ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह १०.९% ले बढेको छ । मंसिरसम्म ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२% ले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४% ले बढेर ३ अर्ब ५२ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.४% ले घटेको थियो । 
 
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ह्वातै घट्यो
 
मंसिर महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.९% ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११..८% ले बढेको थियो । यता, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ६९.४% ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.१% ले घटेको थियो । 
 

Post Your Comment