Market Closed

एनआरएन लघुवित्तले एफपीओ निष्कासन गर्ने

21 Sep,2020
  • fpo__1__9_21_2020_9_27_50.png
नेपाली पैसा

काठमाडौं : एनआएन लघुवित्त वित्तीय संस्थाले असोज १८ गते विशेष साधारण सभा डाकेको छ । सभा, होटल दिनेश कैलालीमा बिहान ११ बजे सुरु हुनेछ । सभामा एफपीओ निष्कासन गर्ने विशेष प्रस्तावमाथि छलफल हुनेछ । यसैगरी, यस लघुवित्तको नाम परिवर्तन गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि छ ।

केन्द्रीय कार्यालय बूढानिलकण्ठ नगरपालिका काठमाडौंमा स्थापना गर्ने प्रस्ताव अनुमोदन गरिने कार्यक्रमसमेत रहेको छ । । सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा समेत छ । साविकको किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तसँगको मर्ज अनुमोदन गर्ने विशेष प्रस्ताव समेत रहेको छ ।
 

Post Your Comment