नेपाल सेवा लघुवित्तले ४३.१५% बढायो खुद ब्याज आम्दानी

14 Feb,2020
  • report_2_14_2020_12_03_22.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल सेवा लघुवित्तले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १८ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यो कम्पनी ३७ लाख ९६ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । यसको खुद ब्याज आम्दानी गत वर्षको भन्दा ४३.१५% ले बढेको छ । गत वर्ष ९५ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको नेपाल सेवाले अहिले बढाएर १ करोड ३६ लाख ७ हजार रुपैयाँ बनाउन सफल भएको हो । पुससम्ममा कम्पनी १२ लाख ५८ हजार सञ्चालन घाटामा रहेको छ । 
 
हाल यस कम्पनीको चुक्ता पुँजी ६ करोड रुपैयाँ र जगेडा कोषमा ४५ लाख ९३ हजार रुपैयाँ रहेको छ । पुससम्म ९ करोड  १८ लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरेको यसले ५८ करोड ८३ लाख ८५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । नेपाल सेवाको खराब कर्जा ०.०१% छ । यसको प्रतिसेयर आम्दानी (वार्षिक) ६ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ७४ पैसा छ ।

नेपाल सेवा लघुवित्तको वित्तीय विवरण । 

Post Your Comment