Market Closed

निर्धन उत्थानको १३% बोनस सेयर समायोजनपछिको भाउ कति ?

23 Feb,2021
  • Price_adjustment_12_16_2019_11_34_32.jpg
नेपाली पैसा

काठमाडौं : निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १३% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ १४ सय ४० रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर मंगलबार कम्पनीको सेयर कारोबार खुल्नेछ । 

नेप्सेले अघिल्लो कारोबार दिन सोमबारको अन्तिम कारोबार मूल्य १६ सय २१ सय रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । फागुन २५ गते साधारण सभा बोलाएको कम्पनीले आज (फागुन ११ गते) बुक क्लोज गरेको छ । यसर्थ, सोमबार (फागुन १० गते)  सम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने १३% बोनस सेयर कर प्रयोजनको लागि ०.६८% लाभांश हात पार्नेछन् ।
 
 

Post Your Comment