Market Closed

प्राइम बैंकको नाफा ३९.४०% ले बढ्यो, वितरणयोग्य नाफामा पनि आकर्षक वृद्धि

28 Jan,2021
  • Prime-commercial-bank-L_11_2_2017_11_47_44.jpg
नेपाली पैसा

काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा प्राइम कमर्सियल बैंकको अधिकांश सूचकमा आकर्षक वृद्धि भएको छ । यसअवधिमा बैंकको खुद नाफा ३९.४०% ले बढेर १ अर्ब ८१ करोड ३३ लाख २९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा बैंकले १ अर्ब ३० करोड ७ लाख ८७ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफामा पनि आकर्षक वृद्धि भएको छ ।

यसअवधिमा बैंकको वितरणयोग्य नाफा ४५.९९% ले बढेर १ अर्ब २६ करोड ४२ लाख ५२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको वितरणयोग्य नाफा ८६ करोड ५९ लाख ५८ हजार रुपैयाँ मात्रै थियो । बैंकको खुद ब्याज आम्दानी ३४.६६% र सञ्चालन नाफा ३९.८८% ले बढेकाले पनि नाफा बढ्न टेवा पुगेको हो ।

पुस मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ३३ पैसा छ । गत वर्षको चैतमा कैलाश विकास बैंकलाई एक्वायर गरेकाले बैंकको चुक्ता पुँजी, जगेडा कोष, निक्षेप संकलन, कर्जा लगानीलगायतको सूचकमा आकर्षक वृद्धि भएको छ । 

 

Post Your Comment