Market Closed

प्राइम लाइफको नगद लाभांश पुग्यो सेयरधनीको बैंक खातामा

20 Jan,2021
  • prime-life-insurance-compa__8_1_2018_10_35_32_11_13_2019_10_19_45_11_29_2020_10_23_51.jpg
नेपाली पैसा 

काठमाडौं : प्राइम लाइफ इन्सुरेन्सले सेयरधनीको बैंक खातामा ८% नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट वितरण गरेको नगद लाभांश खातामा पठाएको हो । डिम्याट खाता र बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई मात्र नगद लाभांश जम्मा गरिएको कम्पनीको भनाई छ । हालसम्म पनि सेयर भौतिक रुपमा राख्ने सेयरधनीलाई तत्काल डिम्याट गर्न कम्पनीले भनेको छ ।
 
सेयर प्रमाणपत्र डिम्याट कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङमार्फत गर्न सकिनेछ । साथै, बैंक खाता अद्यावधिक गराएपछि मात्र नगद लाभांश खातामा आउने भएकाले तत्काल डिम्याट गर्न कम्पनीले आग्रह गरेको छ । सेयर धितोमा राखेकाले नगद लाभांश प्राप्त गर्न सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट स्वीकृति पत्र आनिवार्य रुपमा पेश गर्नुपर्ने छ । प्राइम लाइफको  पुस २७ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट ८% नगद लाभांश र ७% बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो ।
 

Post Your Comment