Market Closed

प्राइम लाइफ इन्सुरेन्सको ७% बोनस सेयर सूचीकरण

23 Feb,2021
  • prime-life-insurance-compa__8_1_2018_10_35_32_11_13_2019_10_19_45_2_1_2021_7_52_03_2_23_2021_9_57_52.jpg
नेपाली पैसा

काठमाडौं  : नेप्सेमा प्राइम लाइफ इन्सुरेन्सको १५ लाख ८१ हजार २५३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ७% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो । हाल यसको चुक्ता पुँजी २ अर्ब ४१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६१ करोड ७२ लाख रुपैयाँ छ । 
 
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा प्राइम लाइफ इन्सुरेन्सले १९ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिमा भन्दा २४.०९% ले धेरै हो । गत वर्ष यसैअवधिमा कम्पनीले १५ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।  प्राइमको प्रतिसेयर आम्दानी १६ रुपैयाँ २ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ६१ पैसा छ । 
 

Post Your Comment