Market Closed

आइपीओ ल्याउन लागेको प्रभु लाइफको असोज २९ मा एजीएम, यस्ता छन् एजेन्डा

21 Sep,2020
  • ipo_img_9_21_2020_10_09_44.png
नेपाली पैसा 
 
काठमाडौं : प्रभु लाइफ इन्सुरेन्सले असोज २९ गते साधारण सभा बोलाएको छ । सभामा २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाब पारित गर्ने लगायतका एजेन्डा रहेका छन् । यस्तै, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि रहेको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न परे सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि राखिएको छ ।
 
साधारण सभा काठमाडौं म्यारियट होटल नक्सालमा बिहान ११ बजे सुरु हुनेछ । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । आइपीओ निष्कासन गर्न यसले रेटिङ सम्पन्न गरिसकेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दा कमजोर आधार जनाउने ‘इक्रा एनपी ग्रेड ४’ रेटिङ दिएको छ । यसले १०० रुपैयाँ दरको ६० लाख कित्ता आइपीओ बिक्री गर्न लागेको हो । आइपीओ ल्याउन यसले रेटिङ गराए पनि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । 
 

Post Your Comment