Market Closed

राधीको १०% लाभांश सुरक्षित गर्ने आज अन्ति मौका

23 Jun,2019
  • dividends_img_6_23_2019_10_46_53.jpg
नेपाली पैसा 
 
काठमाडौं : राधी विद्युत् कम्पनीको १०% लाभांश सुरक्षित गर्ने आइतबार (असार ८ गते) अन्तिम दिन हो । राधीले साधारण सभामा लाभांश अनुमोदन प्रक्रियाका लागि असार ९ गते सोमबारदेखि २२ सम्म बुक क्लोज गर्दैछ । यसर्थ, लाभांश सुरक्षित गर्न आइतबारभित्र सेयरधनी बनिसक्नुपर्नेछ । 
 
राधीले असार २९ गते साधारण सभा डाकेको छ । कम्पनीले १०% लाभांश अनुमोदन सहितका प्रस्ताव राखेर साधारण सभा बोलाएको हो । राधीको गत जेठ २७ गते बसेको  सञ्चालक समिति बैठकले लगानीकर्तालाई ५% बोनस सेयर र ५% नगद लाभांश दिने प्रस्ताव गरेको थियो । प्रस्तावित लाभांश साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गर्ने प्रक्रिया अघि बढ्नेछ । 
 
यस्तै, सञ्चालक समिति अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७४–०७५ को वार्षिक प्रतिवदेनमा छलफल, लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगायतका एजेन्डा पनि राखिएका छन् । राधीले गत वर्ष पनि ५% बोनस र ५% नगद गरी कुल १०% नै लाभांश दिएको थियो ।
 
राधीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ४ करोड ७२ लाख ३ हजार रुपैयाँ नाफा कमाएको छ । यसअवधिमा कम्पनीको चुक्ता पुँजी ४५ करोड १० लाख रुपैयाँ छ । चैत मसान्तसम्म राधीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९६ पैसा छ । 

 

Post Your Comment