Market Closed

राधीको ५% बोनसमा मूल्य समोजन, यसरी खुल्यो कारोबार

24 Jun,2019
  • price-adjustment-no_6_24_2019_11_38_17.jpg
नेपाली पैसा 
 
काठमाडौं : राधी विद्युत कम्पनीको ५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । भाउ समायोजनपछि सोमबार नेपाल स्टक एक्चेन्जामा प्रतिकित्ता १५८ रुपैयाँ १० पैसालाई आधार मानेर कारोबार खुलेको छ । यसको औसत आधार मूल्य १६९ रुपैयाँ ५५ पैसा छ । कम्पनीले १०% लाभांश प्रस्ताव पारित गर्ने गरि असार ८ गते वार्षिक सधारण सभा बोलाएको छ ।

राधीले ५% बोनस सेयर र ५% नगद गरी कुल १०% लांभाश दिन लागेको हो । प्रस्तावित लाभांश साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गर्ने प्रक्रिया अघि बढ्नेछ । यस्तै, सञ्चालक समिति अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७४–०७५ को वार्षिक प्रतिवदेनमा छलफल, लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगायतका एजेन्डा पनि राखिएका छन् । राधीले गत वर्ष पनि ५% बोनस र ५% नगद गरी कुल १०% नै लाभांश दिएको थियो ।
 

Post Your Comment