Market Closed

राधी विद्युतले ५% नगद लाभांश साउन १८ बाट खातामा पठाउने

26 Jul,2019
  • dividend_7_26_2019_3_28_33.jpg
नेपाली पैसा 
 
काठमाडौं : राधी विद्युत् कम्पनीले ५% नगद लाभांश साउन १८ गतेबाट सम्बन्धित सेयरधनीको खातामा जम्मा गर्न सुरु गर्ने भएको छ । असार ८ गतेसम्म डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएकाहरुको नगद लाभांश खातामै पठाउन लागिएको हो । असार ८ गतेपछि डिम्याट गर्नेहरुको पनि क्रमशः सेयरधनीको खातामा जम्मा गरिने कम्पनीले जानकारी गराएको छ । महालक्ष्मी विकास बैंकको आइपीएस कनेक्टमार्फत नगद लाभांश सेयरधनीको खातामा पठाउन लागिएको कम्पनीको भनाई छ । 
 
राधीको गत असार २९ गते बसेको साधारण सभाले ५% बोनस सेयर र ५% नगद गरी कुल १०% लाभांश दिने प्रस्ताव पारित गरेको थियो । यसमध्ये नगद लाभांश अहिले वितरण हुन लागेको हो । नगदपछि बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा पठाउने प्रक्रिया सुरु हुनेछ ।  सेयर धितोमा राखेकाहरुले भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र कम्पनीमा उपलब्ध गराएपछि नगद लाभांश बैंक खातामा पाउने राधीले उल्लेख गरेको छ । 
 

Post Your Comment