Market Closed

बिजुली बिक्रीबाट आम्दानी बढेपछि राधीको खुद नाफा ११.३०% ले बढ्यो, इपीएस कति ?

11 Aug,2019
  • radhi_8_11_2019_8_06_07.jpg
नेपाली पैसा 
 
काठमाडौं राधी विद्युत कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५ करोड ५२ लाख ६७ हजार ९०६ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ११.३०% धेरै हो । अघिल्लो वर्ष कम्पनीले ४ करोड ९६ लाख ५३ हजार २४४ रुपैयाँ नाफा आर्जन गरेको थियो 
 
यस अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीबाट १४ करोड ५८ लाख २९ हजार ४५२ रुपैयाँ नाफा कमाएकोे छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ५.९७% धरै हो । अघिल्लो वर्ष राधीले बिद्युत बिक्रीबाट १३ करोड ७६ लाख ११ हजार २८ रुपैयाँ कमाएको थियो ।  
 
यता, कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी भने १ करोड ३ लाख ८७ हजार ८४ रुपैयाँबाट घटेर २२ लाख ४५ हजार ३९८ रुपैयाँमा खुम्चिएको छ । कम्पनीले चुक्ता पुँजी भने ५% ले बढाएर ४७ करोड ३५ लाख ५६ हजार ५०० रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यसको चुक्ता पुँजी ४५ करोड १० लाख रुपैयाँ रहेको थियो । राधीले प्रतिसेयर आम्दानी पनि ११ रुपैयाँ ०१ पैसा (बार्षिक) बाट बढाएर ११ रुपैयाँ ६७ पैसा पुर्याएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने २०३ रुपैयाँ ८३ पैसा छ ।  
 

Post Your Comment