Market Closed

बैंक खाता अपडेट नहुँदा राधीले लाभांश पठाउन सकेन, बोनस पनि नेप्सेमा सूचीकृत

06 Sep,2019
  • radhi_8_11_2019_8_06_07.jpg
नेपाली पैसा
 
काठमाडौं : राधी विद्युत कम्पनीले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराउन सेयरधनीलाई अनुरोध गरेको छ । खाता अद्यावधिक नगराउँदा पठाएको नगद लाभांश फिर्ता आएकाले भदौ ३१ गतेभित्र अद्यावधिक गराउन राधीले सेयरधनीलाई अनुरोध गरेको हो । कम्पनीले असार २९ गतेको साधारण सभाबाट पारित ५% नगद लाभांश साउन दोस्रो साताबाटै सम्बन्धित सेयरधनीको खातामा नगद लाभांश जम्मा गर्न सुरु गरिसकेको छ । 

तर लाभांश बैंक खातामा पठाउने क्रममा धेरैको फिर्ता भएको कम्पनीको भनाई छ । बैंक खाता  र डिम्याट खाता अद्यावधिक नहुँदा लाभांश फिर्ता भएको भन्दै कम्पनीले फेरि अपडेट गर्न भनेको हो । 
 
महालक्ष्मी विकास बैंकको आइपीएस कनेक्टमार्फत नगद लाभांश सेयरधनीको खातामा पठाउन पठाइएको कम्पनीको भनाई छ । असार ८ गतेसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक गराएकाहरुको नगद लाभांश खातामै पठाएको छ ।
 
यता, राधीको सोही साधारण सभाबाट पारित ५% बोनस सेयर पनि शुक्रबार नेप्सेमा सूचीकरण भएको छ । यसको कुल २ लाख २५ हजार ५२५ कित्ता बोनस सेयर सूचीकरण भएको हो । 

Post Your Comment