Market Closed

राधीको यस्तो छ प्रगति

14 Nov,2019
  • radhid_6_5_2_6_18_2018_10_31_18_6_19_2018_10_35_09.jpg
नेपाली पैसा

काठमाडौं : राधी विद्युत् कम्पनीले आर्थिक वर्ष २०७६–०७७ को पहिलो त्रैमाससम्म आइपुग्दा २ करोड ४८ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा २३.९७% ले बढी हो । गत वर्षको यसैअवधिमा यसले २ करोड १ लाख ९० हजार रुपैयाँ नाफा कमाएको थियो ।

बिजुली बिक्रीबाट हुने आम्दानी बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो । बिजुली बिक्रीबाट हुने आम्दानी ७.४७% ले बढेर ४ करोड ६८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसैअवधिमा राधीले बिजुली बेचेर ४ करोड ३६ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको थियो । असोज मसान्तसम्म आइपुग्दा अन्य स्रोतबाट ६१ हजार रुपैयाँ कमाएको छ । 

पहिलो त्रैमाससम्म आइपुग्दा चुक्ता पुँजी ५% ले बढेर ४७ करोड ३५ लाख ५६ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ २ पैसाले बढेर २० रुपैयाँ ८६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ६० पैसा छ । 
 
 
 
 

Post Your Comment