Market Closed

बिजुली बेचेर आम्दानी बढेपछि राधीको नाफा २०.२७% ले बढ्यो

14 Feb,2020
  • radhid_6_5_2_6_18_2018_10_31_18_6_19_2018_10_35_09.jpg
नेपाली पैसा
 
काठमाडौं : राधी विद्युत कम्पनीले आर्थिक वर्ष २०७६–०७७ को दोस्रो त्रैमाससम्म आइपुग्दा ४ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा २०.२७% ले बढी हो । गत वर्ष यसले ३ करोड ५८ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको थियो । बिजुली बेचेर आम्दानी बढाएपछि खुद नाफा पनि वृद्धि भएको हो । कम्पनीको बिजुली बिक्रीबाट हुने आम्दानी ८ करोड १० लाख रुपैयाँबाट बढेर ८ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्ममा अन्य स्रोतबाट पनि १ लाख २१ हजार रुपैयाँ कमाएको छ । राधीको चुक्ता पुँजी ४७ करोड ३५ लाख रुपैयाँ रहेको छ  । प्रतिसेयर आम्दानी २ रुपैयाँ ४३ पैसाले बढेर (वार्षिक) १८ रुपैयाँ ३७ पैसा पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९४ पैसा (वार्षिक) थियो । प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ३६ पैसा छ ।

राधीको वित्तीय विवरण । 

Post Your Comment