Market Closed

रिलायन्स लाइफ इन्सुरेन्सलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डको अनुमति

31 Jul,2020
  • ipos_n_7_31_2020_1_11_51.jpg
 
काठमाडौं : रिलायन्स लाइफ इन्सुरेन्सले ६३ करोड रुपैयाँको आइपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । रिलायन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ६३ लाख कित्ता आइपीओ जारी गर्न नियामक निकायबाट अनुमति पाएको हो ।

कम्पनीले आइपीओ जारी गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । रिलायन्सले जारी पुँजीको ३०% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । हाल यस कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । 
 

Post Your Comment