Market Closed

रसुवागढी हाइड्रोपावरको मंसिर १९ मा एजीएम, लगानीकर्तालाई छैन लाभांश

08 Nov,2019
  • agm_n_11_8_2019_4_37_29.jpg
नेपाली पैसा
 
काठमाडौं : रसुवागढी हाइड्रोपावर कम्पनीको सातौँ वार्षिक साधारण सभा मंसिर १९ गते हुने भएको छ । लाभांश बिना नै साधारण सभा बोलाइएको हो । यसको अर्थ, यसपटक लगानीकर्ताको हात रित्तै हुने भएको छ । सभामा कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पेश हुनेछ । साधारण सभा राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर ५ गते बुक क्लोज गर्नेछ । मंसिर ४ गते सम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् । 
 
 
 

Post Your Comment