Market Closed

साधना लघुवित्तको आइपीओ कतिले भरे ? यस्तो आयो अन्तिम अपडेट

09 Jul,2020
  • ipo_2_5_2019_10_20_18_7_9_2020_1_52_53.jpg
नेपाली पैसा

काठमाडौं : साधना लघुवित्त वित्तीय संस्थाको आइपीओ भर्नेको अन्तिम तथ्यांक आएको छ । यसमा कुल १ अर्ब १२ करोड ५९ लाख ८५ हजार रुपैयाँको आवेदन परेको छ । ४ लाख ५८ हजार ६४३ जनाले १ करोड १२ लाख ५९ हजार ८५० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा १७.०२ गुणा बढी हो । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यो अन्तिम तथ्यांक हो । तर कतिपय आवेदनमा त्रुटी भेटिएकाले भेरिफाई गरेपछि भने सामान्य परिवर्तन हुन सक्नेछ । आवेदन दिएका १० हजार ३१ जनाको आवेदन रद्द भएको छ । 

कम्पनीले असार २१ गतेबाट ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ०.५०% अर्थात १० हजार ८९० कित्ता कर्मचारीलाई छुट्याइएको थियो । यस्तै, ५% अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई दिइएको छ । बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता सर्वसाधारणमा खुला भएको हो ।

यस कम्पनीको यस आइपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ । हाल साधनाको चुक्ता पुँजी १४ करोड ६० लाख रुपैयाँ छ । आइपीओ निष्कासनपछि चुक्ता पुँजी २१ करोड ६७ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।
 
 

Post Your Comment