Market Closed

सानिमा इक्विटीको ७% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

29 Oct,2020
  • mutual_fund_6_2_1_26_2020_2_34_55.jpg
नेपाली पैसा
 
काठमाडौं : सानिमा इक्विटी फन्डको ७% नगद लाभांश सुरक्षित गर्ने आज बिहीबार (कात्तिक १३ गते) अन्तिम दिन हो । यस फन्डले लाभांश वितरण गर्न कात्तिक १४ गते (शुक्रबार) बुक क्लोज गर्दैछ । यसर्थ, आजसम्म कायम इकाईधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

सानिमा इक्विटीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ७% नगद लाभांश (प्रतिफल) बाँड्न लागेको हो । यो फन्डको योजना व्यवस्थापकमा सानिमा क्यापिटल रहेको छ । यसलाई सानिमा बैंकले प्रवद्र्धन गरेको हो ।
 

Post Your Comment