अब सानिमा बैंकको सेयरसम्बन्धी सबै काम सानिमा क्यापिटलबाट, खाता विवरण अनलाइनबाट हेर्ने सुविधा

23 Sep,2016
  • sanima_9_23_2016_2_28_31.jpg
नेपाली पैसा 
काठमाडौं : सानिमा बैंकले सेयरसम्बन्धी सबै काम अब आफ्नो सहायक कम्पनी सानिमा क्यापिटलबाट हुने जानकारी गराएको छ । 
 
‘सानिमा क्यापिटलले काम सुरू गरिसकेकाले अब बैंकको सबै काम त्यहीँबाट हुनेछ,’ सानिमा बैंकले भनेको छ । 
 
सानिमा क्यापिटलको कार्यालय नक्सालबाट लगानीकर्ताले डिम्याट खाता खोल्नेसहित निक्षेप सदस्यले प्रदान गर्ने सबै सुविधा लिन सक्नेछन् । 
 
तत्कालका लागि भने डिम्याट खाता बैंकका सबै शाखाबाट पनि खोल्न सक्ने  सुविधा दिइएको बैंकले जनाएको छ । 
 
लगानीकर्ताले आफ्नो खाताको विवरण अनलाइनमार्फत पनि हेर्न सक्नेछन् । यसअघि डिम्याट खाता खोलेर इमेल ठेगाना नदिएकाहरूलाई तत्काल इमेल उपलब्ध गराउन पनि बैंकले आग्रह गरेको छ । 
 
अब सानिमा बैंकको सेयरसम्बन्धी सबै काम सानिमा क्यापिटलबाट, खाता विवरण अनलाइनबाट हेर्ने सुविधा