Market Closed

बैंकर्स संघको नयाँ अध्यक्ष सानिमाका भुवन दाहाल बन्ने लगभग निश्चित

02 Dec,2019
  • bhuvan-kumar_12_2_2019_12_06_45.jpg
नेपाली पैसा
 
काठमाडौं : वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको आगामी अध्यक्ष सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बन्ने लगभग निश्चित भएको छ । अध्यक्ष पदका दाहालबाहेक अहिलेसम्म अरुको इच्छा देखिएको छैन । उनले सबै बैंकका सीइओहरुसँग छलफल गरी आइतबार अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहाल दुई कार्यकाल संघका कार्य समिति सदस्यसमेत भइसकेका छन् ।
 
यता, स्टेट बैंक अफ इण्डियाको प्रतिनिधिका रुपमा रहेका नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अनुकूल भटनागर उपाध्यक्षमै बस्न तयार भएका छन् । भटनागर भारतीय नागरिक रहेकाले नेतृत्वमा जाँदा व्यवहारिक कठिनाई हुने देखिएपछि उनी उपाध्यक्षमै बस्न तयार भएका हुन् ।
 
वर्तमान अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने संघको नेतृत्वमा नयाँ व्यक्तिको इच्छा देखिएकाले आफू अध्यक्षबाट बाहिरिने बताएका छन् । संघको साधारणसभा मंसिर १९ गते हुँदैछ । मंगलबारसम्म उम्मेदवारी दर्ता गराउने समय छ ।

Post Your Comment