Market Closed

आइपीओ ल्याउन लागेको सयपत्रीले कात्तिक २१ मा डाक्यो एजीएम

16 Oct,2020
  • ipo_we_10_16_2020_10_39_42.jpg
नेपाली पैसा

काठमाडौं : सयपत्री हाइड्रोपावरको चौथो वार्षिक साधारण सभा कात्तिक २१ गते हुने भएको छ । साधारण सभामा सयपत्रीले आर्थिक वर्ष २०७६–७७ को नाफा नोक्सान सम्बन्धी प्रस्ताव पेश गर्दैछ । यस्तै, आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्ति गर्ने एजेन्डा पनि रहेको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय चावहिल काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । 
 
३ लाख कित्ता आइपीओ पनि आउँदै 
 
यता, कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ३ लाख कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । सयपत्रीले बागलुङ जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि आइपीओ खुला गर्न लागेको हो । स्थानीयलाई आइपीओ बिक्री गरिसकेपछि फेरि सर्वसाधारणका लागि खुला गरिनेछ ।
 
केयर रेटिङ नेपालले कम्पनीको आइपीओलाई सबैभन्दा खराव रेटिङ ’केयर एनपि आइपिओ ग्रेड ५’ दिएको हो । यसले कम्पनीको वित्तीय अवस्था तथा कम्पनीले प्रदान गर्ने प्रतिफल सबैभन्दा कमजोर रहेको जनाउछ । सयपत्रीले बागलुङ जिल्लामा २.५ मेगावटको धर्मखोला जलविद्युत आयोजना निर्माण गरेको छ ।

Post Your Comment