सहयोगी विकास बैंकले दिने भयो २२ प्रतिशत बोनस

02 Sep,2016
  • bonus-2_9_2_2016_5_06_01.jpg
नेपाली पैसा 
काठमाडौं : सहयोगी विकास बैंकले लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर र १.१६ प्रतिशत नगद लाभांश दिने भएको छ । 
 
बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले यस्तो प्रस्ताव गरेको हो । १.१६ प्रतिशत नगद कर प्रयोजनमा खर्च हुने बैंकले जानकारी दिएको छ । 
 
सञ्चालक समितिको निर्णय कार्यान्वयन हुन नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट अनोमोदित हुन आवश्यक छ ।