एसबीआई बैंकको ऋणपत्र नबिकेपछि समय लम्बियो, अब फागुन २८ सम्म म्याद

14 Feb,2020
  • debenture_2_14_2020_10_41_33.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल एसबीआई बैंकको ऋणपत्र पहिलो चरणको निर्धारित समयमा बिक्री हुन सकेन । नबिकेपछि ऋणपत्रमा आवेदन भर्ने समय लम्बिएको छ । लगानीकर्ताले अब फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रमा सर्वसाधारणको चासो कम देखिएको छ । बैंकले माघ २८ गतेबाट प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १० लाख इकाई सर्वसाधारणले भर्न पाउनेछन् ।

बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा संघसंस्थालाई बिक्री गर्नेछ । यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘१०% नेपाल एसबीआई डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गरेको हो । यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यपिटलले गरेको छ । 

इक्रा नेपालले यो ऋणपत्रलाई उच्च सुरक्षा जनाउने ‘इक्रा एनपी एल डबल ए’ रेटिङ दिएको छ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्रलाई पनि आधार बनाउन थालेका छन् । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ । 

Post Your Comment