सिद्धार्थको हकप्रद सेयर आजबाट खुल्यो, कहाँ जाने फारम भर्न ?

27 Oct,2016
  • siddhartha_10_27_2016_10_54_46.jpg
नेपाली पैसा 
 
 काठमाडौं : सिद्धार्थ बैंकको हकप्रद सेयर बिहीबारदेखि बिक्री खुला भएको छ । 
 
बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन खुला गरेको हो । यो हकप्रद सेयर पाउन मंसिर १५ गतेभित्र आवेदन फारम बुझाइसक्नुपर्नेछ । 
 
सिद्धार्थ बैंकले एक सय रूपैयाँ अंकित मूल्यको ७५ लाख ५५ हजार एक सय ९३ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । सिद्धार्थको हकप्रदमा निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गरेको छ । 
 
लगानीकर्ताले सिद्धार्थ बैंक केन्द्रीय कार्यालय हात्तिसारसहित सम्पूर्ण शाखा कार्यायल, लक्ष्मी क्यापिटल लिमिटेड, नयाँ बानेश्वर अनि सिद्धार्थ क्यापिटल लिमिटेड अनामनगरबाट आवेदन फारम लिन र बुझाउन सक्नेछन् । 
 
सिद्धार्थ बैंकको गत असार मसान्तसम्ममा चुक्ता पुँजी तीन अर्ब दुई करोड २८ लाख ८१ हजार रूपैयाँ रहेको छ । २५ प्रतिशत हकप्रद जारी गरेपछि चुक्ता पुँजी तीन अर्ब ७७ करोड ८६ लाखभन्दा बढी पुग्नेछ । 
 
यो बैंकको रिजर्भमा पनि तीन अर्ब रूपैयाँभन्दा बढी पैसा छ । गत आर्थिक वर्षमा बैंकले एक अर्ब २४ करोड ४८ लाख ९२ हजार रूपैयाँ खुद नाफा कमाएको थियो । सिद्धार्थको प्रतिसेयर आम्दानी ४१.१९ रूपैयाँ अनि प्रतिसेयर नेटवर्थ २०६.९१ रूपैयाँ छ ।