सिद्धार्थ बैंकको पनि आयो एक लाख ५८ हजार कित्ता सेयर लिलामीमा, माघ १७ सम्म समय

09 Jan,2017
  • Auction-7_1_9_2017_12_34_31.jpg
नेपाली पैसा
 
काठमाडौं : सिद्धार्थ बैंकले एक लाख ५८ हजार ५१७.९० कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । हकप्रद निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहतर्फको सेयर सिद्धार्थले लिलामीमा बिक्री गर्न लागेको हो । लिलामी सेयरको माघ ११ गतेदेखि बिक्री खुला हुनेछ । लगानीकर्ताले न्यूनतम मूल्य एक सय रुपैयाँ भन्दा माथि दरभाउ राखी बोलपत्र फारम भर्नुपर्नेछ । टेन्डर भर्ने अन्तिम म्याद माघ १७ गतेसम्म तोकिएको छ । 
 
यसअघि सिद्धार्थले कात्तिक ११ गते देखि मंसिर १५ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले त्यतिबेला बिक्री नभएका सर्वसाधारण समूहको सेयर अहिले टेन्डरमा बिक्री गर्न लागेको हो । सिद्धार्थको यो लिलामी सेयरमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । सिद्धार्थ क्यापिटल लिमिटेड अनामनगर तथा सिद्धार्थ बैंकको केन्द्रीय कार्यालय हात्तिसार काठमाडौंबाट आवेदन फारम लिन र बुझउन सक्नेछन् । 
 
बोलपत्र माघ १८ गते दिउसो ३ बजे सिद्धार्थ क्यापिटल लिमिटेड अनामनगर काठमाडौंमा खोलिनेछ । सिद्धार्थले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ करोड ९६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ६१ पैसा (बार्षिकीकरण) रहेको यो बैंकको प्रतिसेयर नेटवर्थ भने दुई सय ३० रुपैयाँ ४७ पैसा छ ।