Market Closed

स्टान्डर्ड चार्टर्डको कहिले हुँदैछ साधारण सभा ?

02 Dec,2019
  • Standard-Chartered-bank_8_14_2019_7_16_25_11_24_2019_10_18_28.jpg
नेपाली पैसा 
 
काठमाडौं : स्टान्डर्ड चार्टर्ड बैंकले २२.५०% नगद लाभांश अनुमोदन लगायतका प्रस्ताव राखेर मंसिर २३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि चार्टर्डले मंसिर ९ गतेदेखि सभा हुने दिन मंसिर २३ गतेसम्म बुक क्लोज गरेको छ । मंसिर ८ गतेसम्म कायम सेयरधनी लाभांशको हकदार हुनेछन् । 
 
साधारण सभामा बैंकको नियमावली संसोधन गर्ने प्रस्ताव पनि पेश हुँदैछ । आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
 

Post Your Comment