Market Closed

स्टान्डर्ड चार्टर्डको चौथो त्रैमासमा यस्तो आयो वित्तीय विवरण

14 Aug,2020
  • Standard-Chartered-bank_8_14_2019_7_16_25_11_24_2019_10_18_28.jpg
नेपाली पैसा

काठमाडौं : स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ९८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा १८.५१% ले कम हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी ०.०१% ले बढ्दा सञ्चालन नाफा भने १८.२९% ले घटेको छ । यो त्रैमाससम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा पनि २१५.९०% ले घटेको छ ।



चार्टर्डले निक्षेप संकलन र कर्जा लगानी भने क्रमशः ३०.०२% र १.५०% ले बढाउन सफल भएको छ । असारसम्म यसको चुक्ता पुँजी ८ अर्ब १ करोड रुपैयाँ रहेको छ । रिजर्भ कोषमा भने ५ अर्ब ६ करोड रुपैयाँ जम्मा भएको छ । चौथो त्रैमाससम्म आइपुग्दा चार्टर्डको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३९ पैसाले घटेर २४ रुपैयाँ ७६ पैसामा सीमित भएको छ । यसको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ५० पैसा रहेको छ । 
 

Post Your Comment