Market Closed

स्वदेशी लघुवित्तको आज एजीएम : सेयरधनीलाई ३५% लाभांश, हकप्रद पनि आउने

02 Dec,2019
  • agm_n_12_2_2019_10_13_21.jpg
नेपाली पैसा   
 
काठमाडौं : स्वदेशी लघुवित्त वित्तीय संस्थाको आज सोमबार (मंसिर १६ गते) पाँचौ वार्षिक साधारण सभा बस्दैछ । सभामा कम्पनीले ३५% लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्नेछ । गत वर्षको नाफाबाट २०% बोनस सेयर र १३.२५% नगद लाभांश दिन लागेको हो । कर तिर्न थप १.७५% नगद पनि दिनेछ । सभा होटल पाथिभराको सभाहल इटहरी, ९ सुनसरीमा बिहान ११ बजे सुरु हुँदैछ । 
 
बोनसपछि कायम हुने पुँजीबाट फेरि २५% हकप्रद ल्याउने अर्को विशेष प्रस्ताव पनि पेश गर्दैछ । हाल यसको चुक्ता पुँजी २३ करोड रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी २७ करोड ६० लाख रुपैयाँ पुग्नेछ । स्वदेशीले यही पुँजीबाट ६ लाख ९० हजार कित्ता (२५%) हकप्रद ल्याउन लागेको हो । कम्पनीले गत वर्ष असोज–कात्तिकमा पनि ११ लाख ५० हजार कित्ता (१००%) हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । 
 
सभामा कम्पनीले अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि लैजाँदैछ । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
 
सभा प्रयोजनका लागि स्वदेशीले मंसिर ६ गते देखि मंसिर १६ गतेसम्म बुक क्लोज गरेको छ । मंसिर ५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा स्वदेशीले १ करोड ९१ लख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
 

Post Your Comment