Market Closed

सनराइज फस्ट म्युचुअल फन्डको कस्तो छ अवस्था ?

29 Jun,2020
  • mutual-funds_6_29_2020_1_09_54.jpg
नेपाली पैसा

काठमाडौं : सनराइज फस्ट म्युचुअल फन्डको जेठ मसान्तसम्म आइपुग्दा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) १० रुपैयाँ २१ पैसा रहेको छ । यो अघिल्लो महिनाको भन्दा ०६ पैसाले मात्रै बढी हो । वैशाखमा यसको न्याभ १० रुपैयाँ १५ पैसा थियो । सूचीकृत कम्पनीको सेयरमा लगानी ३० करोड ५० लाख १७ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो महिनाको भन्दा १ करोड ७७ लाख ३० हजार रुपैयाँ मात्रै बढी हो । 

वैशाखमा यस फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी २८ करोड ७२ लाख ८७ हजार रुपैयाँ थियो । यता, वैशाखमा ४० करोड ९ लाख ८४ हजार रुपैयाँ रहेको बैंक मौज्दात जेठमा ३९ करोड ७९ लाख ४० हजार रुपैयाँमा आएको छ । यस अवधिमा फन्डले ५३ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । 
 

Post Your Comment