Market Closed

सनराइज फस्टको सेयर बजारमा कति पुग्यो लगानी ?

31 Jul,2020
  • mutual-funds_6_29_2020_1_09_54.jpg
नेपाली पैसा
 
काठमाडौं : सनराइज फस्ट म्युचुअल फन्डले असार मसान्तसम्म सूचीकृत कम्पनीको सेयरमा ३५ करोड ५१ लाख ५३ हजार रुपैयाँ लगानी गरेको छ । १ महिनामा यसको सूचीकृत कम्पनीको सेयरमा लगानी ५ करोड १ लाख ३६ हजार रुपैयाँ बढेको हो । जेठ सम्ममा यस फन्डले सूचीकृत  सेयरमा ३० करोड ५० लाख १७ हजार रुपैयाँ लगानी गरेको थियो । यसअवधिमा फन्डले ५० वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

सबैभन्दा धेरै लगानी नबिल बैंकको सेयरमा रहेको छ । नबिलको ३५ हजार ४६० कित्ता सेयरमा २ करोड ७१ लाख २६ हजार रुपैयाँ लगानी रहेको छ । असार मसान्तसम्म आइपुग्दा प्रतिइकाई खुद मूल्य (न्याभ) ७३ पैसाले बढेर १० रुपैयाँ ९४ पैसा पुगेको छ । जेठमा यसको न्याभ १० रुपैयाँ २१ पैसा थियो । १ महिनामा बैंक मौज्दात १ करोड ७६ लाख रुपैयाँले बढेर ४१ करोड ५६ लाख २५ हजार रुपैयाँ पुगेको छ । जेठमा बैंकमा ३९ करोड ७९ लाख ४० हजार रुपैयाँ रहेको थियो । 
 

Post Your Comment