सहाराको खुद नाफा २५.९३% ले वृद्धि हुँदा अरु सूचकहरुमा पनि सुधार

14 Feb,2020
  • sahara-bikas-bank-lt_8_10_2018_12_36_36.jpg
नेपाली पैसा
 
काठमाडौं : सहारा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्बजनिक गरेको छ । बैंकले यो त्रैमासमा १ करोड ४५ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा २५.९२% ले धेरै हो । गत वर्ष सहाराले १ करोड १५ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ५४.५८% र २५.९२% ले बढेको छ ।

गत वर्ष १ करोड ५६ लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस बैंकले अहिले बढाएर २ करोड ४२ लाख ५ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, सञ्चालन नाफा पनि १ करोड १५ लाख रुपैयाँबाट बढेर १ करोड ४५ लाख ३५ हजार रुपैयाँ पुगेको हो । चुक्ता पुँजी १६ करोड ३३ लाख ६६ हजार रुपैयाँ रहेको सहाराको जगेडा कोषमा ७ करोड ७५ लाख ९ हजार रुपैयाँ छ ।

पुससम्म बैंकले ७८ करोड २ लाख ४ हजार रुपैयाँ निक्षेप संकलन गरी ६९ करोड ९२ लाख ५५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । खराब कर्जा पनि घटेर ०.६६% भएको छ । गत वर्ष खराब कर्जा १.३६% थियो । यसको कष्ट अफ फन्ड ८.७७% छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिक १७ रुपैयाँ ६४ पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ६५ पैसा छ । 
 
सहाराको लामो समयदेखि दोस्रो बजारमा सेयर कारोबार रोक्का छ । यसअघि देवःसँग विलय हुने भएपछि सेयर कारोबार रोक्का भएको थियो । तर पछि यो सहमति भाँडिएको थियो । सहमति भाँडिए पनि अहिलेसम्म सेयर कारोबार भने खुला गरिएको छैन । अर्को वित्तीय संस्थासँग मर्जमा जाने भनिए पनि अहिलेसम्म त्यस सम्बन्धी कुनै निर्णय पनि हुन सकेको छैन । 

Post Your Comment