Market Closed

विकास बैंकहरुले मुद्दति निक्षेपमा कति प्रतिशतसम्म दिन्छन् ब्याज ?

05 Nov,2019
  • Interest-Rates-Image_11_5_2019_8_22_21.jpg
नेपाली पैसा 
 
काठमाडौं : तपाईंसँग पैसा छ तर कहाँ लगानी गर्ने भन्नेमा अलमलमा हुनुहुन्छ भने बैंकमा मुद्दति निक्षेप राख्नु पनि उचित बाटो हुनसक्छ । बैंकहरुले मुद्दति निक्षेपमा आकर्षक ब्याजदर दिंदै आएका छन् । मुद्दति निक्षेपमा तुलनात्मक रुपमा जोखिम कम हुन्छ र यसलाई समान्यतयः सुरक्षित लगानी मानिन्छ । तर थोरै जोखिम लिएर बढी लाभ लिन चाहनु हुन्छ भने त सेयर बजार छँदैछ । 
 
निक्षेप राख्दा कस्तो संस्थामा राख्ने भन्नेमा निक्षेपकर्ता सचेत हुनुपर्छ । जोखिम मोल्न नचाहने लगानीकर्तालाई मुद्दति निक्षेप लगानीको लागि राम्रो ठाउँ हो । बजारमा तरलता अभावको सुरु भएसँगै बैंकहरुले मुद्दति निक्षेपमा ब्याजदर बढाउने होडबाजी नै चलाए । यसबेला बैंकहरुले मुद्दतिको ब्याजमा अस्वस्थ प्रतिस्प्रर्धा चल्यो । यसैबीच विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैकर्स एसोसिएसनले पनि ब्याजदरमा भद्र सहमति गर्यो ।



सहमति अनुसार व्याक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.७५% ब्याज दिन पाइन्छ । यसमा बैंकहरुले ०.२५% सम्म बढाउन पाउछन् । यसैलाई आधार मानेर विकास बैंकले ब्याजदर दिँदै आएका छन् । हामीले पछिल्लो समय विकास बैंकको मुद्दति निक्षेपमा ब्याजदर कस्तो छ भनेर देखाएका छौं । 
 
के हो मुद्दति निक्षेप खाता ?
 
मुद्दति खातामा सामान्यतयः ३ महिना, ६ महिना, १ वर्ष, २ वर्ष र ५ वर्षसम्मको एउटा निश्चित समय अवधि तोकेर रकम जम्मा गरिन्छ । यस खातामा राखेको पैसाको ब्याजदर पनि बचत खाताको भन्दा केही बढी नै हुन्छ । तर, तोकेको समयभन्दा पहिले नै रकम निकाल्न नमिल्ने हुँदा बीचमा रकम आवश्यक पर्ने सम्भावना नभएको अवस्थामा मात्र यस्तो खातामा रकम जम्मा गर्नु उपयुक्त हुन्छ ।

बीचमा रकम आवश्यक परेमा यस्तो खातामा जम्मा गरेको रकमको प्रमाणपत्र धितो राखी बैंकहरुबाट कर्जा निकाल्न भने मिल्छ । तर यसका लागि पनि रकम झिक्न केही समय लाग्ने हुन्छ । यसप्रकार ऋण लिँदा आफूले मुद्दति निक्षेपमा पाउने ब्याज दरभन्दा केही प्रतिशत वढी ब्याज बैंकलाई तिर्नुपर्ने हुन्छ ।

Post Your Comment