Market Closed

शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्न अब दुई दिन मात्र बाँकी

27 Oct,2020
  • cements_7_28_2018_5_54_43_7_29_2018_10_32_28_10_15_2020_10_33_05_10_27_2020_8_47_48.jpg
नेपाली पैसा 

काठमाडौं :  शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्न अब दुई दिन मात्र बाँकी रहेको छ । कात्तिक २४ गते वार्षिक साधारण सभा बोलाएको कम्पनीले कात्तिक १३ गते बुक क्लोज गर्दैछ । यसर्थ, बुधबार (कात्तिक १२ गते) सम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट २४.२१% नगद लाभांश वितरण गर्दैछ । यसर्थ, कम्पनीले नगदमा १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ खर्च गर्नेछ । 
 
यो लाभांश सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । गत वर्ष कम्पनीले १५.७८% नगद लाभांश वितरण गरेको थियो । कम्पनीको सभा बिहान ११ बजे सुरु हुनेछ । जुममार्फ सभामा सहभागी हुन सकिने कम्पनीले  जनाएको छ । 
 
 

Post Your Comment