Market Closed

सगरमाथा इन्सुरेन्सको भदौ १३ मा एजीएम, यस्ता छन् एजेन्डा

01 Aug,2020
  • agm_8_1_2020_10_52_50.jpg
नेपाली पैसा
 
काठमाडौं : सगरमाथा इन्सुरेन्सले भदौ १३ गते वार्षिक साधारण सभा बोलाएको छ । बिहीबार बसेको सञ्चालक समितिको निर्णयले सो निर्णय गरेको हो । सभा कम्पनीको प्रधान कार्यालय भगवतीमार्ग, नक्साल काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले निर्जीवन बिमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने वा प्राप्ति गर्ने सम्बन्धी मुख्य प्रस्ताव पेस गर्दैछ । यसपटक लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव सभाको एजेन्डा छैन ।

यसर्थ, आर्थिक वर्ष २०७५–७६ को नाफाबाट लगानकर्ताहरु लाभांश लिन बञ्चित हुनेछन् । आर्थिक वर्ष २०७५–७६ को नाफाबाट भने कम्पनीले ८६% बोनस वितरण गरेको थियो । सभामा आर्थिक वर्ष २०७५–७६ वार्षिक प्रतिवेदन पारित गरिनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि छ ।  
 

Post Your Comment