Market Closed

शिखर इन्सुरेन्सले यसपटक पनि लाभांश वितरण नगर्ने, कारण यस्तो छ

22 Sep,2020
  • Shikhar-insurance-company_5_30_2018_6_00_38.jpg
नेपाली पैसा

काठमाडौं : शिखर इन्सुरेन्सका लगानीकर्ताले यसपटक कुनै पनि लाभांश नपाउने भएका छन् । कम्पनीको असोज ५ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले बिमा समितिको वित्तीय सम्बन्धी निर्देशन अनुसार एनएफआरएस प्रणाली बमोजिम जगेडा तथा अन्य व्यवस्था कायम गनुपर्ने भएकाले आर्थिक वर्ष २०७५–७६ को लागि लाभांश प्रस्ताव गर्ने अवस्था नरहेको जनाएको छ ।

कम्पनीले यसअघि आर्थिक वर्ष २०७४–७५ मा पनि लाभांश वितरण गरेको थिएन । यसकारण शिखरका सेयरधनी लगातर २ वर्ष लाभांश पाउनबाट वञ्चित भएका छन् । कम्पनीले यसअघि आर्थिक वर्ष २०७३–०७४ को नाफाबाट २९% बोनस र १.५३% नगद लाभांश वितरण गरेको थियो । 

शिखरको लाभांश इतिहास यस्तो छ

 
 
 
 
 
 

Post Your Comment