Market Closed

सिन्धु विकास बैंकको नाफा ६०.८४% घट्यो, कस्तो छ ब्याज आम्दानी ?

14 Feb,2020
  • Sindhu-bikas-bank-Ltd_6_17_2018_3_10_07_12_17_2019_4_26_28.jpg
नेपाली पैसा
 
काठमाडौं : सिन्धु विकास बैंकले आर्थिक वर्ष २०७६–७७ को दोस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको खुद नाफा गत वर्षको भन्दा ६०.८४% ले घटेको छ । गत वर्ष यसै त्रैमासमा २ करोड ६५ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको सिन्धुले अहिले १ करोड ४१ लाख ५ हजार रुपैयाँ मात्र नाफा कमाएको हो । सञ्चालन नाफामा गिरावट आएपछि त्यसको प्रभाव खुद नाफामा पनि परेको हो । 
 
तर खुद ब्याज आम्दानी भने ७.८१% ले बढेको छ । गत वर्ष यसै त्रैमासमा ६ करोड १ लाख ५९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको सिन्धुले अहिले बढाएर ६ करोड ४८ लाख ५८ हजार रुपैयाँ पुर्याएको देखिन्छ । सिन्धुको सञ्चालन नाफा भने ६०.८४% ले घटेको छ । गत वर्ष ३ करोड ७९ लाख ९९ हजार रुपैयाँ रहेको सञ्चालन नाफा घटेर १ करोड ४८ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ ।
 
चुक्ता पुँजी ५० करोड २७ हजार रुपैयाँ रहेको सिन्धुको जगेडा कोषमा ४ करोड १० लाख ३५ हजार रुपैयाँ छ । पुससम्म ३ अर्ब ५ करोड ८१ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गर्दा २ अर्ब ९४ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गर्न सकेको छ । 
 
बैंकको खराब कर्जा थोरैले घटेर १.५८% भएको छ । गत वर्ष यसै त्रैमाससम्म खराब कर्जा १.७२% थियो । प्रतिसेयर आम्दानी वार्षिक ४ रुपैयाँ १७ पैसा रहेको सिन्धुको प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ३१ पैसा छ ।

Post Your Comment