Market Closed

सिन्धु विकास बैंकको बोनस सेयर आयो डिम्याट खातामा

08 Jul,2020
  • bonuis_nes_7_8_2020_1_42_28.png
नेपाली पैसा 
 
काठमाडौं : सिन्धु विकास बैंकले ११.४८% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । बैंकले गत पुस १५ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । पुस १५ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ ।  

तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने बैंकको भनाई छ । सिन्धुको पुस २९ गते सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट ११.४८% बोनस सेयर र कर प्रयोजनार्थ सहित ०.६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
 

Post Your Comment