Market Closed

समता लघुवित्तको १ लाख ६२ हजार कित्ता सेयर लिलामी खुल्ने

18 Dec,2019
  • Auction_8_1_12_12_18_2019_10_30_59.jpg
नेपाली पैसा 
 
काठमाडौं : समता लघुवित्त वित्तीय संस्थाले २००% हकप्रद सेयर सोमबार (मंसिर ३० गते) बाँडफाँट गरेको छ । कम्पनीले १२ लाख १३ हजार ४४० कित्ता सेयर बिक्री खुला गरेकोमा १० लाख ५१ हजार ३८० कित्ताका लागि मात्र आवेदन परेको थियो । यसआधारमा अझै १ लाख ६२ हजार ६० कित्ता हकप्रद बिक्री हुन सकेन ।
 
बिक्री नभएको बाँकी सेयर समताले अब लिलामीमा ल्याउनेछ । यस हकप्रदमा ५ हजार ४३३ जनाले आवेदन दिएका थिए । कम्पनीले असोज २७ गतेदेखि मंसिर १ गतेसम्म १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
 

Post Your Comment