Market Closed

समता लघुवित्तको लाभांश अब १०.५२% मात्र, हकप्रद भर्नेले पनि पाउने

20 Dec,2019
  • Dividend_Dark__12_20_2019_10_25_16.jpg
नेपाली पैसा 
 
काठमाडौं : समता लघुवित्त वित्तीय संस्थाका सेयरधनीले अब १०.५२% मात्र लाभांश पाउने भएका छन् । कम्पनीले गत वर्षको नाफाबाट ५% बोनस सेयर र ५.५२% नगद लाभांश मात्र वितरण गर्नेछ । समताले गत असोज २७ देखि मंसिर १ गतेसम्म बिक्री खुला गरेको २००% हकप्रद सेयर पुँजीकरण गर्दा लाभांश अनुपात घटेको जनाएको छ । यसर्थ, अब २००% हकप्रद भर्नेले पनि कम्पनीले वितरण गर्ने लाभांश पाउने भएका छन् । 
यसअघि समताको असोज ९ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १५% बोनस र १६.५८% नगद गरी कुल ३१.५८% लाभांश दिने निर्णय गरेको थियो । अहिले हकप्रद पुँजीकरण गरिएका कारण लाभांश अनुपात घटेको कम्पनीको भनाई छ । कम्पनीले पुस २९ गते बोलाएको साधारण सभामा १०.५२% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 
 
सभा होटल इच्छा प्रालि सिमरा, बारामा दिउँसो १ बजे देखि सुरु हुँदैछ । प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । कम्पनीले कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि राखेको छ । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
 
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनका लागि समताले पुस १९ देखि २९ गतेसम्म बुक क्लोज गर्दैछ । पुस १८ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।  

समता लघुवित्तको साधारण सभा सम्बन्धी सूचना 
 

Post Your Comment