समता लघुवित्तको १०.५२% लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने

02 Jan,2020
  • AGM_img_1_2_2020_10_27_02.jpg
नेपाली पैसा 
 
काठमाडौं : समता लघुवित्त वित्तीय संस्थाको १०.५२% लाभांश सुरक्षित गर्ने आज बिहीबार (पुस १७ गते) अन्तिम दिन हो । पुस २९ मा साधारण सभा बोलाएको यो कम्पनीले पुस १९ देखि २९ गतेसम्म बुक क्लोज गर्नेछ । पुस १८, १९ गते शुक्रबार र शनिबार परेकाले बिहीबारसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।  
 
कम्पनीले गत वर्षको नाफाबाट ५% बोनस सेयर र ५.५२% नगद लाभांश वितरण गर्न लागेको हो । सभा होटल इच्छा प्रालि सिमरा, बारामा दिउँसो १ बजेदेखि सुरु हुँदैछ । प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । कम्पनीले कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यस सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि राखेको छ ।

आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि छ । 
 
 
 

Post Your Comment