Market Closed

समता लघुवित्तको ५% बोनस सेयरमा मूल्य समायोजन

05 Jan,2020
  • Price_adjustment_1_3_2020_3_48_05_1_5_2020_10_27_45.jpg
नेपाली पैसा

काठमाडौं  : समता लघुवित्त वित्तीय संस्थाको ५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोनपछि प्रतिकित्ता ५१० रुपैयाँ ४८ पैसा मूल्य तोकिएको छ । आइतबार यही मूल्यलाई आधार मानेर कम्पनीको सेयर कारोबार खुला हुनेछ ।
 
पुस २९ गते साधारण सभा बोलाएको यस कम्पनीले पुस १७ गतेदेखि बुक क्लोज गरेको छ । पुस १६गतेसम्म सेयर किन्ने लगानीकर्ताले प्रस्तावित लाभांश पाउने छन् । कम्पनीले गत वर्षको नाफाबाट ५% बोनस सेयर र ५.५२% नगद लाभांश वितरण गर्दैछ । 
 
सभा होटल इच्छा प्रालि सिमरा, बारामा दिउँसो १ बजेदेखि सुरु हुँदैछ । प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । कम्पनीले कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यस सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ ।
 
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि छ ।
 
 
 
 
 

Post Your Comment