समता लघुवित्तले नगद लाभांश सेयरधनीको बैंक खातामा पठायो

20 Jan,2020
  • Dividend_1_1_20_2020_11_27_34.jpg
नेपाली पैसा
 
काठमाडौ : समता लघुवित्त वित्तीय संस्थाले ५.५२% नगद लाभांश सेयरधनीको बैंक खातामा पठाइदिएको छ । कम्पनीले पुस २९ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो । त्यस्तै, सो मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको कम्पनीको भनाई छ ।
 
यता, समताले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ । समताको पुस २९ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ५% बोनस सेयर र ५.५२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
 
 

Post Your Comment