Market Closed

समता लघुवित्तको नाफामा आकर्षक वृद्धि

24 Jan,2020
  • profit_imgme_1_24_2020_10_49_34.jpg
नेपाली पैसा
 
काठमाडौं : समता लघुवित्त वित्तीय सस्ंथाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ५८ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा २५७.८४% ले बढी हो । गत वर्ष यसैअवधिमा कम्पनीले ७२ लाख १७ हजार रुपैयाँ नाफा कमाएको थियो । सञ्चालन नाफा र खुद ब्याज आम्दानी पनि क्रमशः ४६.३% र ९३.२०% बढेको छ ।

यसले सञ्चालन नाफा १ करोड ४६ लाख ३० हजार रुपैयाँ र खुद ब्याज आम्दानी ५ करोड ४८ लाख ८ हजार रुपैयाँ आर्जन गरेको हो । खराब कर्जा पनि ०.११% ले घटेको छ । चुक्ता पुँजी गत वर्षको दोस्रो त्रैमास भन्दा २१४.९९% ले बढेको छ । समताको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६५ पैसाले बढेर २७ रुपैयाँ ०३ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ८८ पैसा छ । 



समताको दोस्रो त्रैमासको वित्तीय विवरण यहाँ क्लिक गरेर हेर्नुहोस् । 

Post Your Comment