Market Closed

समता लघुवित्तको बोनस आइपुग्यो डिम्याट खातामा

31 Jul,2020
  • bonus_7_31_2020_9_56_05.jpg
नेपाली पैसा 
 
काठमाडौं : समता लघुवित्त वित्तीय संस्थाले ५% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत पुस १८ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । पुस १८ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।

तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । समताको गत पुस २९ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ५% बोनस सेयर र ५.५३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
 

Post Your Comment